← गृहपृष्ठ 📰 ओखलढुङ्गा समाचार

📰 ओखलढुङ्गा समाचार

माथि स्वाइप गरेर अर्को समाचार हेर्नुहोस् · कार्ड थिच्दा पूरा समाचार खुल्छ।

व्याकुल माइला गोल्डकप दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जित्यो

व्याकुल माइला गोल्डकपको दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह मानेभन्ज्याङ हर्कपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा सप्तरंगी युवा परिवार मानेभन्ज्याङ उबुलाई ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै हर्कपुरले उपाधि हासिल गरेको हो । यस्तै प्रतियोगितामा मानेभन्ज्याङ युवा समुह र दुधकौशीका आवि सेमिफाइनलिस्ट बनेका छन् । प्रतियोगितामा कुल पाँच लाख ६०

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: ⚽ गोल्डकप लाइभ स्कोर →
१ / २०

ओखलढुंगाका तीन उत्कृष्ट कृषक नगदसहित सम्मानित

ओखलढुंगामा व्यावसायिक कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने तीन जना अगुवा कृषकलाई नगदसहित सम्मान गरिएको छ । ४६ औँ विश्व खाद्य सुरक्षा दिवसको अवसरमा कृषि ज्ञान केन्द्र ओखलढुंगाले तीन जना कृषकलाई जनही १० हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । ‘पोषण सुरक्षाका लागि नवप्रवर्तन’ भन्ने मूल नाराका साथ आयोजित दिवस विशेष कार्यक्रममा व्यावसायिक

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🌾 कृषि सेवाका सम्पर्क →
२ / २०

मोलुङ १ का निवर्तमान वडाअध्यक्ष कमल बानियाँ जजक आरोपमा पक्राउ

ओखलढुंगाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका निवर्तमान वडाअध्यक्ष कमल बहादुर बानियाँ जवरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । नाबालिक किशोरीको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरले बानियाँलाई शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका बानियालाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । बानियाँ

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 👮 प्रहरी कार्यालयका नम्बर →
३ / २०

ओखलढुंगामा पूर्ण खोप कार्यक्रमका लागि घरधुरी सर्वेक्षण गरिने

ओखलढुंगामा पूर्ण खोप घोषणा कार्यक्रमलाई निरन्तरता दिन आगामी मंसिरदेखि घरधुरी सर्वेक्षण गरिने भएको छ । स्वास्थ्य कार्यालय रुम्जाटारले बैठक बसेर पूर्ण खोप कार्यक्रमसम्बन्धी वार्षिक समीक्षा तथा आगामी कार्यक्रमबारे छलफल गर्दै मंसिर महिनादेखि घरधुरी सर्वेक्षणको काम अघि बढाउने निर्णय गरिएको हो । सर्वेक्षण कार्य आगामी पुस मसान्तसम्म सम्पन्न गर्ने र यसका लागि सम्बन्धित सबै सरोकारवाला निकायसँग

स्रोत: भिजन समाचार ·

४ / २०

ओखलढुंगाका ८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

ओखलढुंगामा करिब ८ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिँदैछ । राष्ट्रिय कार्यक्रम अन्तर्गत कार्तिक १७ र १८ गते जिल्लाभरका बालबालिकालाई लक्षित गर्दै उक्त अभियान सञ्चालन हुन लागेको हो । स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार अभियानमा ६ देखि ५९ महिनासम्मका सात हजार ९५३ बालबालिकालाई भिटामिन ‘ए’

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🏥 स्वास्थ्य कार्यालय, ओखलढुङ्गा →
५ / २०

ईभीको मनलाग्दी भाडा असुलीमा ट्राफिकको नजर: १० यात्रुले पाए रकम फिर्ता

ओखलढुंगाबाट काठमाडौं जाने ईभी गाडीले तोकिएकोभन्दा बढी भाडा असुलेपछि प्रहरीले यात्रुलाई रकम फिर्ता गराएको छ । एक हजार पाँच सय रुपैयाँ भाडा लाग्नेमा यात्रुबाट दुई हजार रुपैयाँका दरले भाडा लिइएको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले बढी असुलिएको रकम फिर्ता गराएको हो । बढी भाडा असुलीमा परेका १० जना यात्रुलाई रकम फिर्ता गरिएको जिल्ला ट्राफिक

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🚌 यातायात, रुट र भाडा →
६ / २०

पोकली झरनामा युवाले राखे सचेतना बोर्डः सहजता, सुरक्षा र मार्गनिर्देशनमा जोड

ओखलढुंगाको पर्यटकीय गन्तव्य पोकली झरना क्षेत्रमा स्थानीय युवाले विभिन्न स्थानमा सचेतना बोर्ड राखेका छन् । पर्यटकको सहजता, सुरक्षा र सही मार्गनिर्देशनका लागि विभिन्न स्थानमा स्वागत, सूचना तथा चेतनामूलक बोर्ड जडान गरेका हुन् । लिखु गाउँपालिका–९ पोकलीस्थित हिमचुली जनजागरण युवा क्लबको सक्रियता र स्थानीयवासीसँगको समन्वयमा दशैँ–तिहारलगायत चाडपर्वमा झरना घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🏔️ ओखलढुङ्गा पर्यटन →
७ / २०

ओखलढुंगा प्रशासनमा अभद्र व्यवहारका सात मुद्दा दर्ता

जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये पाँच वटाको फछ्र्योट भइसकेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालयको मुद्दा तथा हातहतियार शाखाको विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिनामा अभद्र व्यवहारसम्बन्धी सात मुद्दा दर्ता भएका हुन् । तीमध्ये पाँच वटा

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🏛️ जिल्ला प्रशासन कार्यालयको सम्पर्क →
८ / २०

व्याकुल माइला गोल्डकपको दसौँ संस्करण सुरु

राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को सम्मानमा आयोजना हुँदै आएको व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको दसौँ संस्करण सोमबारदेखि सुरु भएको छ । कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, सोक्माटार स्थित दूधकोसी किनारको ब्आलेमबगर खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: ⚽ गोल्डकप लाइभ स्कोर →
९ / २०

प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक आरोहण

प्रदेश लेखा इकाइ कार्यालय ओखलढुंगाका प्रमुख तथा तथा आठौँ तहका वरिष्ठ लेखा अधिकृत पृथ्वीमान लिम्बुले छ हजार ४७० मिटर अग्लो मेरापिक हिमालको सफल आरोहण गरेका छन् । करिब १० लाख रुपैयाँ व्यक्तिगत खर्च गरेर हिमालको चुचुरोमा पुगेका लिम्बुले आरोहणसँगै हिमाली पर्यटन क्षेत्रका पूर्वाधार सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । लिम्बुले सन् २०२६ अक्टोबर १८

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🏔️ ओखलढुङ्गा पर्यटन →
१० / २०

ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन

ओखलढुंगामा बुधबार देखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार लागयतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको हो । चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका सबै प्रहरी युनिटमा सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक राजबाबु

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 👮 प्रहरी कार्यालयका नम्बर →
११ / २०

ओखलढुंगामा सार्वजनिक यातायातको भाडादर निर्धारण, कहाँकाे कति ?

ओखलढुंगामा सार्वजनिक यातायात सेवालाई व्यवस्थित बनाउन विभिन्न गन्तव्यको भाडादर निर्धारण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी तथा सरोकारवालासँग भएको छलफलपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा विभिन्न सडक खण्डको भाडादर निर्धारण गरिएको हो । निर्धारित भाडादरअनुसार ओखलढुंगाबाट मानेभञ्ज्याङ, रुम्जाटार, निशंखे, कुइभिर, जन्तरखानी, खिजीदेम्बा, माम्खा, कुन्तादेवी, घोराखोरीलगायत विभिन्न

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🏛️ जिल्ला प्रशासन कार्यालयको सम्पर्क →
१२ / २०

नक्कली नोटसहित दुई जना पक्राउ

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । कृषि जन्य पशु चौपाया खरिद–बिक्री गर्ने क्रममा नक्कली नेपाली नोट प्रयोग गरी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार असोज १९ गते दिउँसो सुनकोशी गाउँपालिका–९ ककनीबाट प्रहरी अधिकृत सहितको टोली खटिएर दुई जनालाई

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 👮 प्रहरी कार्यालयका नम्बर →
१३ / २०

रजिष्ट्रार पाण्डेयको सर्वोच्चमा सरुवा

उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा तीन वर्ष सेवा गरेका रजिष्ट्रार विष्णुप्रसाद पाण्डेयको सर्वोच्च अदालतमा सरुवा भएको छ । पाण्डेयलाई मंगलबार उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगा परिवारले कदरपत्र सहित सम्मान गर्दै बिदाइ गरेको हो । ओखलढुंगामा रहँदा पाण्डेयले अदालतको सेवा प्रवाहलाई नागरिकमैत्री र प्रविधिमैत्री बनाउन विभिन्न सुधारका काम अघि बढाएका थिए ।

स्रोत: भिजन समाचार ·

१४ / २०

ओखलढुंगामा सुकिला नोट साट्न सुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ओखलढुंगा शाखाले दशैँलाई लक्षित गर्दै सुकिला नोट सटही सेवा सुरु गरेको छ । बैंकले सोमबारदेखि सर्वसाधारणका लागि सुकिला नोट सटही सेवा सञ्चालनमा ल्याएको हो । राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगा शाखाका शाखा प्रबन्धक महेश मण्डलका अनुसार यस वर्ष एक जना सेवाग्राहीले अधिकतम १८ हजार रुपैयाँसम्म सुकिला नोट सटही गर्न पाउने

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🏦 बैंकहरूको सम्पर्क →
१५ / २०

आफ्नै भवनमा सब–डिभिजन वन कार्यालयहरू

ओखलढुंगामा वर्षौँदेखि भाडाका घरबाट सञ्चालन हुँदै आएका सब–डिभिजन वन कार्यालयहरू अब आफ्नै भवनबाट सञ्चालन हुने भएका छन् । डिभिजन वन कार्यालय ओखलढुंगाको पहलमा जिल्लाका छमध्ये अधिकांश सब–डिभिजन वन कार्यालयका भवन निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षभित्र सबै सब–डिभिजन वन कार्यालयलाई आफ्नै भवनबाट सञ्चालन गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🚌 यातायात, रुट र भाडा →
१६ / २०

ओखलढुंगामा ५१ हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउन थालियो

ओखलढुंगामा खोरेत रोग नियन्त्रण तथा उन्मूलन गर्ने उद्देश्यले गाईभैँसीलाई खोरेतविरुद्धको खोप लगाउन थालिएको छ । जिल्लामा असोज १५ गतेदेखि औपचारिक रूपमा खोप अभियान सञ्चालन गरिएको हो । अभियान अन्तर्गत जिल्लाभरका करिब ५१ हजार गाईभैँसीलाई खोरेत रोगविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ । खोरेत रोगको संक्रमण तथा जोखिम न्यूनीकरण गर्दै पशुधनको सुरक्षा गर्ने उद्देश्यले

स्रोत: भिजन समाचार ·

१७ / २०

नगर प्रहरीद्वारा ओखलढुंगाका पर्यटकीय क्षेत्रमा सरसफाइ

सिद्धिचरण नगरपालिकाका नगर प्रहरीले बजार क्षेत्र, मन्दिर तथा पर्यटकीय स्थलमा सरसफाइ अभियान सञ्चालन गरेका छन् । नगर क्षेत्रलाई सफा, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले नगर प्रहरीले विभिन्न स्थानमा सरसफाइ अभियान थालेका हुन् । अभियान अन्तर्गत सिद्धिचरण पार्कदेखि स्रष्टा पार्कसम्मको क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ । नगर प्रहरी टोलीले पार्क तथा

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 👮 प्रहरी कार्यालयका नम्बर →
१८ / २०

रमाइलोडाँडा र हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालन

चाडपर्वका समयमा यात्रुलाई पर्न सक्ने समस्या तत्काल सम्बोधन गर्न ओखलढुंगाका दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडा र मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । चाडपर्वका समयमा जिल्लामा सवारीसाधन तथा यात्रुको चाप बढ्ने

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 🚌 यातायात, रुट र भाडा →
१९ / २०

मानेभञ्ज्याङ माधवपुरमा भरुवा बन्दुक फेला

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक फेला परेको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुरस्थित जोगीडाँडा सामुदायिक वनको खोल्सामा बिहीबार साँझ बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्थानीयले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थलमा पुगेर बन्दुक नियन्त्रणमा लिएको हो ।

स्रोत: भिजन समाचार ·

ओखलढुङ्गा कनेक्टमा: 👮 प्रहरी कार्यालयका नम्बर →
२० / २०

यस पृष्ठका सबै समाचार हेर्नुभयो

← गृहपृष्ठमा फर्कनुहोस्

समाचारको सर्वाधिकार सम्बन्धित सञ्चारमाध्यममा सुरक्षित छ। यहाँ शीर्षक, प्रकाशकको छोटो सार र तस्बिर अनुमतिसहित मात्र देखाइएको हो।

समाचारको सर्वाधिकार सम्बन्धित सञ्चारमाध्यममा सुरक्षित छ। यहाँ शीर्षक, प्रकाशकको छोटो सार र तस्बिर अनुमतिसहित मात्र देखाइएको हो।